काठमाडौंको चाल्नाखेल जंगलमा दुई पुरुषको शव भेटिएको छ ।
अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको हो । उनीहरु दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।
स्थानीयले प्रहरीले दुई पुरुषको शव भेटिएको भन्ने जानकारी गराएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलतर्फ जाँदै छ ।
काठमाडौं परिसरका एसपी तथा प्रवक्ता रमेश बस्नेतले शव भेटिएको पुष्टि गर्दै भने, ‘शव भेटिएको भन्ने खबर आएपछि हामी घटनास्थल जाँदै छौं ।’