logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिलालाई जिउँदै डोजरले पुरेर फरार चालक पक्राउ


अंकुरण खबर
689
Shares

धादिङमा एकजना घाइते महिलालाई जीवितै डोजरले खाल्डोमा पुरेपछि फरार चालक पक्राउ परेका छन् ।

धादिङको त्रिपुरासुन्दरी-१, सल्यानटारमा सडक खनिरहेको डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेपछि फरार दाङ घर भएका चालक भीमबहादुर बुढाथोकी शुक्रबार पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाउने तयारी गरेको छ । गत फागुन १७ गते घाँस लिएर घर गइरहेकी त्रिपुरासुन्दरी गाउँपलिका १ की ४५ वर्षीया सरस्वती कुमाल डोजरले खनेको खाडलमा खसेकी थिइन् । डोजरमा ठोक्किएर खाडलमा खसी घाइते उनलाई चालकले त्यहीँ पुरिदिएका थिए ।

त्यसपछि त्यहाँ जम्मा भएका स्थानीयले डोजर जलाइदिएका थिए । उक्त घटनापछि बुढाथोकी भागेका थिए ।