logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


अंकुरण खबर
884
Shares

सरकारका कानुनी सल्लाहकार अग्नीप्रसाद खरेलले राजीनामा दिएपछि नयाँ महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपतिय कार्यलय स्रोतले जनाएको छ ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए । पछिल्लो समय नेकपा विवादमा कानून व्यवसायीहरू धेरेजसो प्रचण्ड-माधव पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए ।