logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


अंकुरण खबर
1.235K
Shares

डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

परशुराम नगरपालिका-१२ का २० वर्षीय मोटरसाइकल चालक सन्तोष विकको दुर्घटनामा परी मृत्यु भएको हो ।

शुक्रबार जोगबुडा-पन्तुरा सडकखण्डमा से ७ प ८४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विकको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ ।