पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ७ सय ५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३० हजार ७ सय ८ पुगेको छ।
गत २४ घण्टामा १ सय २३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको मन्त्रालयले जनाएको छ।
शुक्रवार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १६ जना पुगेको छ।