logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभरको मौसम बद्ली हुने : पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना


अंकुरण खबर
936
Shares

आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित देशभरिको मौसम बद्ली हुने मौसमविद् गंगा नगरकोटीले बताएकी छन् ।

अहिले प्रदेश नम्बर १ बाहेक अरु ठाउँमा बादल लागेको छ । प्रदेश १ मा पनि दिउँसोपख बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै, आज राति प्रदेश नम्बर १ को पहाडी भागमा आंशिकदेखि सामान्य बद्ली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।