पछिल्लो केही समयदेखि पश्चिमी वायुको प्रभावका कारण अधिकांश स्थानमा आंशिक बदली देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका केही भू-भागमा केही भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।
यस्तै आज राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ । जसका कारण प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।