logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद्‍बाट स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय विकास सहायता लिन उद्योग मन्त्रालयलाई निर्देशन


अंकुरण खबर
1.352K
Shares

विकास साझेदारबाट अन्र्तराष्ट्रिय सहायता लिँदा मन्त्रिपरिषद्को स्वीकृति लिएर मात्र लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।

वैदेशिक सहायता परिचालन प्रक्रियालाई व्यवस्थित बनाउन चैत्र १७ गतेको मन्त्रिपरिषदको बैठकले वैदेशिक सहायताका लागि स्वीकृति लिनुपर्ने निर्णय गरेको हो ।

सोही अनुसार सहायता लिन खोजेको विकास साझेदारको नाम, सहायता परिचालन हुने क्षेत्र, सहायताको प्रकार, सहायता भुक्तानी विधि, सहायता राष्ट्रिय प्रणाली भित्र वा बाहिरबाट परिचालन हुने र सहायता परिचालन विधिको जानकारी  सहित मन्त्रिपरिषबाट स्वीकृत लिनुपर्नेछ ।