साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज छापावाल सुन आज तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको छ ।