logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मापदण्ड पालना गरी होली खेल्न प्रशासनको आग्रह


अंकुरण खबर
1.716K
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड-१९ को जोखिम कायम रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कोभिड-१९ को जोखिम कायमै रहेकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर होली मनाउन आग्रह गरिएको बताए ।

उनले चाडपर्व मनाउने नाममा कुनैपनि अवाञ्छित गतिविधिहरु नगर्न पनि सचेत गराएका छन् । कसैको इच्छाविपरीत रङ हान्ने, लोला तथा पानी छ्याप्ने, नसालु पदार्थ खाने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने जस्ता व्यक्तिको जीवनमा असर पर्ने खालको कार्यहरु नगर्न प्रशासनले सचेत गराएको हो ।

यस्तो गतिविधि कसैले गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।

यस वर्षको होली पर्व उपत्यकासहित पहाडी क्षेत्रमा चैत १५ र तराई भेगमा १६ गते परेको छ ।

विगतका वर्षहरुमा होली धुमधामका साथ मनाइँदै आएकोमा कोरोनाका कारण यसवर्ष सामान्य ढंगले मनाउन आग्रह गरिएको हो ।