सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका विभिन्न समितिका सभापतिहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित आज सभामुखको कार्यकक्षमा गरिएको छलफलमा संघीय संसद, प्रतिनिधि सभा समितिका सभापतिहरु संलग्न रहेको उनको सचिवालयले जनाएको छ ।
समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका विषयमा छलफल भएको सचिवलायले जनाएको हो ।
पुस ५ गते प्रधानमन्त्ती केपी ओलीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापित गरेपनि सदनको काम कारवाहीले भने गति लिन सकेको छैन ।
आफैले विघटन गरेको संसद पुनर्स्थापित भइसकेपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्ने पक्षमा विभिन्न राजनीतिक दल रहे पनि ओलीले भने आफू सदनको सामना गर्ने बताउँदै आएका छन् ।