नवनियुक्त महान्यायाधिवक्ता रमेश वडालले सपथ लिएका छन्।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम अधिवक्ता रमेश वडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन्।
प्रधानमन्त्रीको सिफारिसमा वडाललाई राष्ट्रपतिले नियुक्त गरेकी हुन्।
महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएपछि वडाललाई सरकारले महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेको थियो।