राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणको समयमा तीन वटा विषयका सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।
राष्ट्रपति भण्डारीको सोमवार (भोलि) देखि हुने दुई दिने भ्रमणको समयमा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धितका सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो ।
पशुपक्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनको विषयमा पनि सम्झौता पत्रमा हस्ताक्षर हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
यस्तै, बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका सिलसिलामा छलफल हुने मन्त्री गुरुङले बताए ।
राष्ट्रपति भण्डारी सोमवार बिहान बङ्गलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।