logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना सङ्क्रमण फैलिएपछि भारतको गुजरातमा भेला भएर पर्व मनाउन रोक


अंकुरण खबर
715
Shares

कोरोना भाइरसको सङ्क्रमण  तिब्र गतिमा फैलिए पछि भारतको गुजरातमा भेला भएर पर्व तथा उत्सव मनाउन रोक लगाइएको छ ।

गुजरातका उप मुख्यमन्त्री नितिन पटेलले नजिकिएको होली पर्वमा भेला हुन रोक लगाइएको बताएका छन् । उनले भीडभाड नगरी सीमित व्यक्तिसँग मात्रै होली खेल्न अनुमति दिइएको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

होलीमा रङ्ग खेल्न समेत रोक लगाइएको छ । कोरोनाका कारण भारतका ६ राज्य नराम्ररी प्रभावित भएका छन् । महाराष्ट्र, पञ्जाब, केरला, कर्नाटक, गुजरात र मध्यप्रदेशको अवस्था गम्भीर बन्दै गएको खबरमा उल्लेख छ ।

कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षणको दायरा बढाइएको छ । त्यहाँ एकै दिन ११ लाख ३३ हजार भन्दा धेरैको परीक्षण गरिएको छ ।

भारतमा अहिलेसम्म एक करोड १६ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण  पुष्टि भएको छ । यसमध्ये एक करोड ११ लाख भन्दा धेरै निको भएका छन् भने एक लाख ६० हजार भन्दा धेरैको ज्यान गएको छ ।