logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : केहि स्थानमा बर्षाको सम्भावना


अंकुरण खबर
806
Shares

स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ ।

आज अपराह्नपछि गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।