भक्तपुरमा सिलिन्डर पड्किदा ६ जना घाइते भएका छन् ।
गएराती सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक घरमा सिलिन्डर पड्केर आगो लागेको हो । सिलिन्डर पड्केर आगो लाग्दा होटल सञ्चालकसहित ६ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा होटल सञ्चालक सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, शैलुङ–१ घरभएका राजेन्द्र कार्की, ३९ वर्षीया गीता कार्की, भक्तपुर, सल्लाघारीका १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ का १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा रहेको प्रहरीले जनाएको छ ।
उनीहरु सबैको कीर्तिपुरको बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।