नेकपा एमालेका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले एमालेमा जारी विवादका बीच सोधिएको स्पष्टीकरणका सम्बन्धमा मुख खोलेका छन् ।
भट्टराईले प्रश्न सोध्नेहरू नै लाखौं प्रश्नको घेरामा रहेको भन्दै ट्वीट गरेका छन् ।
चैत ७ गतेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व उपाध्यक्ष भीम रावल, पूर्व उपमहासचिव घनश्याम भुषाललाई पार्टी अनुशासन विपरित क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सोध्नेहरु स्वयं लाखौ प्रश्नको घेरामा छन !
— Yogesh Bhattarai (@yogesbhattarai) March 22, 2021