logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव बालुवाटारमा


अंकुरण खबर
689
Shares

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेर महासचिव विप्लवले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । सो भेटमा विप्लवले हालै भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

गत फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्यन गर्न प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर विप्लवले आग्रह गरेका हुन् । गत फागुन २० गते भएको तीन बुँदे सहमति २१ सार्वजनिक गरिएको थियो । सोही सहमति सार्वजनिक कार्यक्रममार्फत खुला राजनीतिमा आएका हुन् ।

उक्त तीन बुँदे सहमतिमा विप्लव नेतृत्वको पार्टी हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, बन्दी जीवन बिताइरहेका विप्लवको नेता तथा कार्यकर्ताको रिहा गर्ने र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता लिने उल्लेख छ ।

सोही असहमतिअनुसार आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाइ र मुद्दा फिर्ता लिन विप्लवले प्रधानमन्त्री ओलीलाई सोमबार भेटेर आग्रह गरेका हुन् ।

साथै प्रधानमन्त्री र विप्लवबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि कुराकानी भएको छ ।