logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन अदालतको आदेश


अंकुरण खबर
806
Shares

विनाकुनै औपचारिक अभियोग र कसुर ४० वर्ष भारतीय जेलमा रहेर हालै रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति माग गरेमा क्षतिपूर्ति दिन भारतीय अदालतले आदेश दिएको छ ।

कोकाता उच्च अदालतले पश्चिम बंगाल राज्य सरकारका नाममा आदेश जारी गर्दै तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन भनेको हो ।

सोमबार कोलकाताको उच्च अदालतले दुर्गाप्रसादका परिवारले मागे कानूनअनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले जानकारी दिएका छन् ।

अदालतले दुर्गाप्रसादको मुद्दा विरलै हुने भन्दै क्षतिपूर्ति भराउने आदेश दिएको सिन्हाले बताए । अदालतले कानूनअनुसार क्षतिपूर्ति दिन भनेपनि कति हुन्छ भनेर अहिले नै भन्न नसकिने सिन्हा बताउँछन् ।

अदालती प्रक्रियाबिना ४० वर्षदेखि भारतको पश्चिम बंगालका विभिन्न जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना कोलकाता उच्च अदालतको गत बुधबारको फैसलाअनुसार शनिबार रिहा भएका हुन् ।

कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएपछि शनिबार बिहान कोलकातास्थिति दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो ।

कोलकाताको जेलबाट रिहा भएका दुर्गाप्रसाद आइतबार इलामस्थित आफ्नो घर पुगिसकेका छन् ।