logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १५० जना कोरोना संक्रमित, ९९ जना डिस्चार्ज


अंकुरण खबर
1.534K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ४ सय ७२ जनाको पिसिआर परिक्षण गर्दा १ सय ५० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ४० हजार ९ सय ९८ पुगेको छ ।

सोमबार ९९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ ।

आज ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १९ पुगेको छ ।