logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२०७८ सालमा कुन दिन सार्वजनिक बिदा ? हेर्नुहोस् सूची


अंकुरण खबर
2.379K
Shares

सरकारले आगामी बर्ष २०७८ का लागि सार्वजनिक बिदाको सूची सार्वजनकि गरेको छ।

सोमबार गृहमन्त्रालयले बिदासम्बन्धी विवरण राजपत्रमा प्रकाशन गरेर नयाँ बर्ष २०७८ मा बैशाख महिनादेखि चैतसम्म कुन(कुन दिन सार्वजनिक बिदा परेको छ भन्ने सूची सार्वजनिक गरेको हो।

सरकारले सार्वजनिक गरेको बिदा सूची अनुसार नयाँ वर्षमा अघिल्लो बर्ष भन्दा थप चार दिन चाडपर्व बिदा थपिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । अन्य बिदा यथावत छन्।

कुन महिनाको कुन दिन सार्वजनिक बिदा ? तल हेर्नुहोस्: