logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघ गर्जनसहित पानी पर्ने


अंकुरण खबर
793
Shares

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली भएर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर ४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १७ मिनेटमा हुनेछ ।