logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फागुन २३ को सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरवलोकनमा जाने


अंकुरण खबर
2.405K
Shares

नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतको फागुन २३ को फैसलामाथि पुनरवलोकन गर्ने भएको छ ।

आज कानुन व्यवसायीहरूसँगको परामर्शपछि माओवादी केन्द्रले पुनरवलोकन चाँडै गर्ने जनाएको हो ।

नेता देव गुरुङले सर्वोच्चको फैसलाका विषयमा कानुन व्यवसायीसँग परामर्श गरिएको बताए ।

‘सर्वोच्च अदालतको फैसला स्वीकार्ने भन्ने थिएन,’ उनले भने, ‘चाँडोभन्दा चाँडो त्यसका विरुद्ध पुनरवलोकनमा जान्छौं ।’

सर्वोच्च अदालतले नेकपाको नाम विवादमा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएको छ ।

‘कुमार रेग्मी र बमकुमार श्रेष्ठले गरेको फैसला चित्त बुझ्दैन,’ पूर्वन्यायाधिवक्ता मुक्ति प्रधानले भने, ‘६० दिनभित्र पुनरवलोकनका लागि जान सकिन्छ, सोहीअनुसारको सुझाव दिइएको छ ।’