नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रतिपक्षी दल भएकाले तत्काल सरकारमा नजाने बताएका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनका विषयमा मौन बस्ने बताएका हुन् ।
‘कांग्रेस सरकारमा कहिले जान्छ?’ भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, ‘नेपाली कांग्रेसस प्रतिपक्षी दल भएकाले अहिले नै सरकारमा जाने तयारी छैन ।’
उनले कांग्रेसको नेतृत्वमा सरकार पनि गठन नहुने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वसको प्रस्ताव पनि नल्याउने बताए ।