दाङको तुलसीपुर उपमहानगरपालिका-१५स्थित सरैयाडाँडामा स्कुल बस दुर्घटना भएको छ ।
मंगलबार बिहान भएको स्कुल बस दुर्घटनामा परी एक विद्यार्थीको मत्यु भएको छ भने २२ जना घाइत भएको प्रहरीले जनाएको छ ।
स्कुल बस दुर्घटनामा तुलसीपुर उपमहानरपालिका-१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुरको ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस सरैयाडाँडामा दुर्घटना भएको थियो । बस कोठेरीबाट कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुर आउँदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।
स्कुल बस दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको कोहलपुर शिक्षण अस्पतालमा उपलचार भइरहेको र बाँकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।