कोरोनाविरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार टेकु अस्पतालमा कोरोना परीक्षण गर्दा वृद्ध पुरुषमा कोरोना पुष्टि भएको हो ।
फागुन २३ गते खोप लगाएका वृद्धलाई कोरोनाभाइरस संक्रमण भएको टेकु अस्पतालले जनाएको छ ।
उनलाई खोप लगाउनुअघि नै कोरोना संक्रमण भएको हुन सक्ने टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताए । संक्रमित वृद्ध पुरुषमा निमोनिया समेत भएको छ । ‘खोप लगाएपछि इम्युनिटी विकास हुन एक महिना लाग्छ ।’
उनले भने, ‘खोप लगाएर जनस्वास्थ्यमा मापदण्ड पालना गर्नेहरूमा पनि संक्रमण हुन सक्छ ।’