logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४.५७ अंकले बढ्यो नेप्से, ५ अरब १४ करोड बराबरको कारोबार


अंकुरण खबर
689
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १४ दशमबल ५७ अंकले बढेको छ ।

मंगलबार नेप्सेको कारोबारमा सामान्य सुधार आएको छ । मंगलबार ५ अरब १४ करोड बराबरको कारोबार भएको छ ।

निर्जीवन बीमा कम्पनी उपसमूह सबैभन्दा बढी १७४.०४ अंकले बढेको छ भने जिवन बीमा कम्पनी ९८.७८ अंकले घटेको छ । १४ दशमलब ५७ अंकले नेप्सेमा वृद्धि हुँदा पनि दश कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।

चन्द्रागिरि हिल्स, साल्ट टेडिंग,रसुवा गढिहाइडो पावर,कालिका पावर, सान्जेन जलविद्युत,वोमी माइक्रो फाइनान्स,अपर तामाकोशी जलविद्युत,माहुली लघुवित्त,रैरांग जलविद्युत र सूर्यदय लघुवित्तको शेयरमा दश प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको हो ।