जर्मनीले १८ अप्रिलसम्म लकडाउन बढाउने भएको छ ।
कोभिड-१९ महामारीको तेस्रो लहर फैलिरहेकाले जर्मनी सरकारले आफ्ना नागरिकलाई इस्टरको विदामा पाँच दिनसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
चान्सलर एन्जेला मार्केलले पत्रकार सम्मेलनमा मुलुक मूल रूपमा कोरोनाको नयाँ प्रकार देखिएको बताइन् । ‘लकडाउन बढाउनुको कारण कोरोनाको नयाँ प्रकार मुख्य हो, जो भिन्दै प्रकारको, अझ घातक र संक्रामक छ,’ उनले भनिन्।
जर्मनीले मार्च पहिलो सातादेखि सावधानीपूर्वक प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको थियो । तर, भाइरसको नयाँ प्रकार बढी फैलिरहेकाले लकडाउन बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
यस साता एक लाख जनामा गरिएको परीक्षणमा एक सय सात जनामा कोरोनाको नयाँ प्रकारको संक्रमण देखा परेको छ ।