logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १ सय ८८ जना कोरोना संक्रमित, ७७ जना डिस्चार्ज


अंकुरण खबर
702
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ४५ हजार ३० पुगेको छ ।

गत २४ घण्टामा ७७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल ४८ जना क्वारेन्टाइनमा छन् ।