logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडी भू-भागमा वर्षाको सम्भावना


अंकुरण खबर
858
Shares

पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा आंशिक बदलीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागको मौसम सफा रहेको छ ।

आज दिउँसो देशका पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

बाँकी भू-भागमा पनि आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, आज राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।