logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनुदानको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने


अंकुरण खबर
663
Shares

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने भएको छ ।

कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ जाने भएको हो ।

बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाण्डौ फर्किने नेपाल एअरलाइन्सका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार आठ लाख डोज कोरोनाविरुद्धको खोपलगायत सहायता सामग्री लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जान लागेको हो ।