कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ ।
दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो ।प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ ।
भारतमा केही साता यता दैनिक हजारौं मानिसमा कोरोना संक्रमण देखिँदै आएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा १ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ४ जना संक्रमितको मृत्यु भएको छ । भारतमा हिजो ४० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो । भारतको महाराष्ट्रमा दैनिक २५ हजार संक्रमित थपिने गरेका छन् ।