logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्ता पाएपछि ओलीले चरित्र गुमाएः महत


अंकुरण खबर
702
Shares

नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका छन् ।

अर्घाखाँचीमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले ओली नैतिक रुपमा पतन भएको आरोप लगाएका हुन् ।

राजनीतिमा नैतिकता हुने भन्दै उनले सत्ता पाएपछि ओलीले चरित्र गुमाएको बताए ।

नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको उनको भनाइ थियो । दुई तिहाई जनमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको भन्दै महत्तले कम्युनिष्टहरुले मुलुक हाँक्न नसक्ने जिकीर गरे ।

महतले ओलीकै सत्ता लिप्साका कारण नयाँ सरकार बन्न असहज भएको पनि बताए । उनले काँग्रेससँग सत्ताको अनुभव भएकाले कसैले भन्दैमा कांग्रेस सरकारमा जान हतारो नगर्ने पनि प्रष्ट पारे ।