काठमाडौं बासीले निकै प्रतिक्षा गरेको मेलम्चीको पानी चैत्र २७ गतेबाट घर घरमा पु¥याउने तयारी पूर्ण हुन लागेको खानेपानी मन्त्रीले बताएका छन् ।
चैत्र २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भृकुटीमण्डपमा हुने विशेष कार्यक्रमको तयारीबारे आज खानेपानी मन्त्री मणि थापाले निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा मन्त्री थापाले मेलम्चीको पानी काठमाडौंबासीको घरमा पुग्नु ठुलो उपलब्धिको कुरा रहेको बताए ।
हाल मेलम्चीको पानी सुन्दरीजलमा खसालिसकिएको छ । अब चैत्र २७ गतेबाट घर घरमा पानी पुर्याउने तयारीमा सरकार जुटेको छ ।