logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल खनाल समूहका स्थायी कमिटी सदस्यहरुको ६ घण्टादेखि छलफल जारी,स्पष्टीकरणबारे कस्तो निर्णय गर्लान ?


अंकुरण खबर
715
Shares

पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफल गर्न नेकपा एमाले नेपाल खनाल समूहका स्थायी कमिटी सदस्यहरु  राजधानीमा छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार मनमैजुमा रहेको धनबहादुर गुरुङको घरमा बिहान ११ बजेबाट नेताहरु छलफलमा जुटेका छन् ।

पार्टीको विधान विपरीत काम गरेको भनदै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण साधेका थिए । पार्टीलाई अराजक स्थितिमा लगेको भन्दै महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ३ दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए । चित्तबुझदो जवाफ नआए कारबाही गरिने ओली पक्षले जनाउदै आएको छ भने ओली पक्षसंग डटेर सामाना गर्ने नेपाल खनाल पक्षको तयारी छ । स्पष्टीकरणको म्याद आज सकिँदैछ ।