logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमण बढेपछि गृह मन्त्रालयको सक्रियता : ७७ ओटै जिल्लामा क्वारेन्टिन र आइसोलेसन सेन्टरको विवरण पठाउन परिपत्र


अंकुरण खबर
1.976K
Shares

पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले देशभरिका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन गर्न थालेको छ ।

छिमेकी मुलुक भारत लगाएत अन्य देशमा पनि कोरोना संक्रमण बढेकाले गृह मन्त्राले सोमबारनै ७७ वटै जिल्लामा स्वास्थ्यका मापदण्ड लागु गर्न परिपत्र जारी गरेको थियो । हाल क्वारेन्टिन र आइसोलेसन सेन्टरको विवरण अपडेट गराउन, सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि मन्त्रालयले परिपत्र जारी गरेको छ ।

कोरोना संक्रमण बढिरहेकाले क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले अंकुरण खबरलाई जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ सुरक्षाका सम्पूर्ण मापदण्ड लागु गर्न सबैलाई आग्रह गर्दै आएको छ ।