logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १ सय ४५ जना कोरोना संक्रमित, १ जनाको मृत्यु


अंकुरण खबर
676
Shares

पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ९ सय ६३ जनाको पिसिआर परिक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको हो । योसंगै कुल संक्रमित २ लाख ७६ हजार तीन सय ८९ जना पुगेको छ ।

बुधबार ९० जना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म २ लाख ७२ हजार एक सय ८७ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या तीन हजार २० जना पुगेको छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या ५२ छ ।