logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले माधव नेपाल पक्षले बोलायो केन्द्रीय समिति बैठक


अंकुरण खबर
962
Shares

नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय समिति बैठक डाकेको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बैठक डाकिएको नेपाल पक्षका एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिएका हुन् ।

पाण्डेका अनुसार रविभवन लाम्पाटीस्थित एक पार्टी प्यालेसमा बैठकका आयोजना गरिने जानकारी दिइएको छ ।  शीर्ष नेताहरुबीच बैठक बोलाउने बारे छलफल भएको तर अहिलेसम्म आफूलाई बैठकबारे जानकारी नआइसकेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

‘काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु छलफलमा बस्ने भनेर नेताहरुबीच छलफल भएको सुनिएको छ, गैरेले भने, ‘अहिलेसम्म मलाई औपचारिक जानकारी आएको छैन ।’

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले पार्टी ब्यूँताएपछि एमालेमा नेपाल पक्ष र ओली पक्षले छुट्टा–छुट्टै गतिविधि गर्दै आएका छन् ।