logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगेको आरोपमा पक्राउ


अंकुरण खबर
676
Shares

बैंकिङ कसुरको ‘मुद्दा मिलाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको मिरकोट–३ घर भई काठमाडौंको कीर्तिपुर, मच्छेगाँउ बस्दै आएका ३२ वर्षीय नवीन लामिछाने छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले थापाथलीबाट पक्राउ गरेको हो । बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै उनले प्रविण श्रेष्ठको परिवारसँग ७० हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।