logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट आउने कोरोना खोप रोकियो, चीनबाट ८ लाख डोज आउँदै


अंकुरण खबर
832
Shares

भारतले अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोपको आपूर्तिमा अस्थायी रोक लगाएको छ।

भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार बिहीबारदेखि खोप वितरण रोकेको हो।

भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ। भारतभित्रै कोभिड-१९को संक्रमण बढिरहेको र घरेलु माग बढेकाले भारतले अस्थायीरुपमा आपूर्ति रोकेको जनाइएको छ।

भारतको यो निर्णयपछि कोभ्यास योजनाअन्तर्गत रहेका १९० देशलाई असर पर्ने ठानिएको छ। जसमा नेपाल समेत छ । खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले दुई साताअघि नेपाललाई पनि पत्राचार गर्दै तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको थियो।

त्यस्तै, चीनले सहुलियतमा दिने भनेको ८ लाख डोज सिनोफार्म खोप आगामी सोमबार मात्रै काठमाडौं आइपुग्ने भएको छ ।

सरकारले खोप ल्याउन आइतबार नेपाल वायुसेवा निगमको चार्टड विमान बेइजिङ पठाउँदैछ ।

गत आइतबार चिनियाँ राजदूत होउ यान्छी र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच छलफल भएपछि खोप आउने टुंगो लागेको हो ।