logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भागरथी बलात्कार हत्या प्रकरण : आरोपितसँग मृतकको डीएनए म्याच


अंकुरण खबर
754
Shares

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग म्याच भएको छ ।

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट डीएनए म्याच भएको रिपोर्ट आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

‘घटनामा अन्य वस्तुगत तथ्य र प्रमाणसमेत मिलेकै कारण आरोपित ठहर गरेका थियौं,’ उनले भने,‘ अहिले डीएनएसमेत म्याच भएको छ ।’

मृतक भट्टको जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । फागुन ४ गते दिनेशको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । फागुन २६ गते जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो ।

सुधार गृहमा रहेका बेला उनले आफू घटनामा संलग्न नरहेको र अरु कसैको संलग्नता रहेको भन्दै परिवारका सदस्यहरूलाई जानकारी दिएपछि उनका बुवाले पत्रकार सम्मेलन गरेर छोराको संलग्नता नदेखिएको बताएका थिए ।

डीएनए म्याच भएसँगै अनुसन्धान थप बलियो बनेको एसएसपी सिंहले जानकारी दिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथीको शव माघ २३ मा खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो ।