नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।
भोलिका लागि बोलाइएको बैठकमा झलनाथ खनाल-माधव नेपाल समूह सहभागी हुन्छ कि हुँदैन भन्ने बारे उक्त समूहको धारणा सार्वजनिक भएको छैन ।
यसैबीच माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले शुक्रवारका लागि नै केन्द्रीय समिति बैठक बोलाएको छ । काठमाडौंमा उपलव्ध नेताहरुलाई बैठकमा बोलाइएको हो ।
बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए । ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए ।