logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले घट्यो नेप्से


अंकुरण खबर
780
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले घटेको छ ।

नेप्सेका अनुसार आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा थामिएको छ भने ६ अर्ब ४० करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये तीन समुह बाहेक अन्य सबै समुह घटेका छन् । आज बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज सर्वाधिक शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागीरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र वोमी लघुवित्त वित्तिय संस्था रहेका छन् ।