logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पछिल्लो २४ घण्टामा थपिए १ सय २० जना कोरोना संक्रमित, मृतकको संख्या शून्य 


अंकुरण खबर
1.131K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख  ५१  हजार ८ सय ८४ पुगेको छ ।

बिहीबार ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

आज कोरोना संक्रमितको मृत्यु  संख्या शून्य  छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ। हाल ५५ जना क्वारेन्टाइनमा छन् ।