logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार गर्दै, टंक आङ्बोहाङ र उषाकला राई मन्त्री बन्ने


अंकुरण खबर
2.015K
Shares

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार गर्न लागिएको छ ।

मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गर्न लागको राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए । नयाँ मन्त्रीमा आजै दिउँसो उनीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको  छ ।

स्रोतका अनुसार नयाँ मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा टंक आङ्बोहाङ, सामाजिक विकास मन्त्रीमा उषाकला राईलाई नियुक्त गर्ने तयारी छ । त्यस्तै प्रदेशसभा सदस्य कला घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र राजकुमार ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै यस अघि भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई मन्त्रीमा बढुवा गरिने भएको छ ।

केन्द्रको विवादले मूख्य मन्त्री राई बिरुद्ध अविस्वासको प्रस्ताव पेस गरेपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलार्इ गत पुस ११ गते बर्खास्त गरिएको थियो ।

यस्तै, तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पुस १२ गते राजीनामा दिएपछि  उक्त मन्त्रालय खाली थिए । ।