नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँको गिरावट आएको हो ।
शुक्रवार छापावाला सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रवार चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।