एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन् ।
नेपाल पक्षका एक सांसदले अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने बताए । उनले अध्यक्षले बोलाएको बैठकमा सहभागी हुनु सामान्य विषय भएको बताए ।
ओलीले बोलाएको संसदीय दलको बैठकअघि नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई सहभागी हुनेछन् ।
संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने बुझिएको छ ।