logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट मुख्यमन्त्रीका पीएसओको मृत्यु


अंकुरण खबर
1.404K
Shares

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका सुरक्षा सेवा अधिकृत (पीएसओ)को सडक दुर्घटनामा मृत्यु भएको छ ।

धनुषामा भएको मोटरसाइकलमा परी मुख्यमन्त्री राउतका पीएसओ नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मदनजंग कापरको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ३ बजेतिर बर्दिबासबाट जनकपुरतर्फ जाँदै गर्दा असई कापर चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

कापर चढेको मोटराइकललाई जनकपुर जनकपुर-बर्दिबास सडकखण्डअन्तर्गत मिथिला नगरपालिका-१० लालगढमा ट्रकले ठक्कर दिएको थियो ।

डीएसपी मिश्रका अनुसार कापर चढेको मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई सनुसरीबाट नियन्त्रणमा लिइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।