नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको छ ।
काठमाडौंको कलंकीस्थित मोगा बैंक्वेटमा शुरु भएको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा ४ जना नेताहरुलाई सोधिएको स्पष्टीकरण तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
अध्यक्ष ओली पक्षधर मात्रै केन्द्रीय सदस्यहरु उपस्थित चैत ७ गतेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
चैत ७ गतेको निर्णयानुसार महासचिव ईश्वर पोखरेलले चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र काटेका थिए ।
नेता नेपाल र रावलले बिहीबार जवाफ पठाइसकेका छन् भने भुसाल र पाण्डेले जवाफ दिन बाँकी छ ।