logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगलागी हुँदा घाइते भएका भक्तपुरको मःम पसलका सञ्चालकको मृत्यु


अंकुरण खबर
897
Shares

ग्यास पसल पड्किँदा घाइते भएका भक्तपुरको म:म पसलका सञ्चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर म:म एण्ड चिकेन हाउसमा गत आइतबार साँझ ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगलागीमा परेर म:म पसलका सञ्चालकसहित ६ जना घाइते भएका छन् ।

आगलागीमा परेर घाइते भएका मस्म पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो ।

कीर्तिपुर बर्न सेन्टर (अस्पताल) मा उपचारका क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए ।

आगलागीमा परी घाइते भएका अन्य ५ जनाको भने उपचार भइरहेको छ । घाइते अन्यमा म:म पसलका सञ्चालक बस्नेतका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की छन् ।

आगलागीमा परेर पसलमा खाजा खान आएका ३ जना ग्राहक पनि घाइते भएका थिए । झापा विश्वशान्ति गाउँपालिका-२ घर भइ भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक-५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका थिए ।